जेठ २७ हुम्ला । सात गाउँपालिका रहेको हुम्लाको ६ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु भएको छ । नेपालको संविधान २०७३ भाग ३ मा मौलिक हकको व्यबस्था अन्त्रगत धारा ३२ मा भाष तथा सँस्कृतिको व्यबस्था गरिएको छ ।
सोहि अनुसार यसको व्यवहारतः कार्यान्वयनको लागि स्थानीय पाठ्यक्रम मार्फत समाजमा रहका भाषा, लिपि, सस्कृति, साँस्कृतिक सभ्यता र सम्पदालाइ जगेर्ना गर्न प्रर्कतिको ज्ञान, सिप र प्रविधि विद्यार्थीलाइ दिनको लागि स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वय मार्गदर्शन (मातृभाषासहित) २०७६ अनुसार सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न लागेका हुन् ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले कक्षा तीन सम्ममा राखिएको जम्मा २६ पाठ्यभारमा पाँच पाठ्यभार, कक्षा चारदेखि कक्षा आठसम्म राखिएको ३२ पाठ्यभारमा चार पाठ्यभार स्थानीय विषयवस्तु तथा मतृभाषालाई छुट्याएको छ । प्रारूपले पनि स्थानीय विषयवस्तु तथा मातृभाषाको पाठ्यक्रम निर्माण गर्ने कार्यमा विद्यालय तथा स्थानीय सरकारलाई जिम्मेवार बनाउन खोजेको देखिन्छ ।
स्थानीय पाठ्यक्रम मार्फत बालबालिकालाई आफ्नो परिवेशबाट सिक्न, नजिकको वातावरण, भूगोलसँग सम्बन्धित ज्ञानको उत्खनन गर्न, देखे भोगेका कुराहरूको गहिराइमा पुग्न, आफ्नो समुदायमा रहेका मूल्य मान्यता, अनुभव र ज्ञान परीक्षण र पुनपरीक्षण गर्न, आफ्नो नजिकका ज्ञान, सीप र अनुभवलाई फराकिलो पार्दै विश्वव्यापी ज्ञानसँग समिश्रण गर्न, सामाजिक मुद्दाहरूसँग परिचित हुन, विकृतिसँग विद्रोह गर्न उत्प्रेरित गर्न गर्नको लागि यसै शैक्षिक शत्रबाट लागु हुँने गरी पाठ्यक्रम निर्माण गरी विद्यालयहरुलाई हस्तान्त्रण्त गरेको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायाले बताउनु भयो ।
स्थानीय पाठयवmमका विकास तथा निमाण प्रविmया र त्यसको प्रभावकारी कार्यान्वयनमा विद्यालय तथा स्थानीय तहलाइ सहयाग पुर्याउने उद्दश्यले पाठयवm्रम विकास कन्द्रले स्थानीय पाठयवmम विकास तथा कायान्वयन मागदशन, २०७६ अनुसार तयार गरी जिल्लामै पहिलो पटक शैक्षिक शत्र २०८० बाटै लागु गरी प्रभावकारी कार्यान्वयन भएको ताँजाकोट गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाँखा प्रमुख जयरुद्र ढकालले बताउनु भयो । उहाँका अनुसार पाठ्यपुस्तक तयार नगरेको भएपनि शिक्षकहरुलाई डे बुक बितरण गरी सोही अनुसार अध्ययन अध्ययापन भैरहेको बताउनु भयो ।
यही मार्गदर्शनको अधिनमा रहि अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरी सकेकाले यसको कार्यान्वयनमा चासो राख्न स्थानीय तहका जनपतिनिधि, प्रधानाध्यापक, शिक्षाविद, शिक्षा अधिकृत, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङघका पदाधिकारी लगायत स्थानीय पाठयवmम सम्बद्ध सबका लागि उपयागी हुने विश्वास गरिएको पाठ्यक्रम निर्माणका विज्ञ सदस्य डा. दिपेन्द्र रोकायाको भनाई छ । यता अदानचुली गाउँपालिकाले भने समय केही ढिलाई भएको भएपनि यसै बर्षबाट लागु गरी विद्यार्थीहरुलाई सानै देखी आफ्नो गाउँपालिका के हो भन्ने चिनाउन खोजेको बताउनु भयो ।
जिल्लाका सात वटा गाउँपालिका भएको हुम्लाका सिमकोट र ताँजाकोट गतवर्षबाट र नाम्खा, खार्पुनाथ र सर्केगाड) ले यसै शैक्षिक शत्रबाट लागु गरिसकेका छन् भने अदानचुली गाउँपालिकाले भर्खरै निर्माण गरेको भएपनि यसै वर्षबाट लागु गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु भयो भने चंखेली गाउँपालिकाले आउदो वर्षबाट लागु गरिने सुचना अधिकारी ताराबहादुर कार्कीको भनाई छ । गएको वर्ष वजेट अभावका कारण पाठ्यक्रम निर्माण गर्न नसकिएको र यस वर्ष निर्माण गरी आउदो शैक्षिक शत्रबाट लागु गर्ने तयारी भैरहेको बताउनु भयो ।
भर्खरै लागु भएको भएपनि यसको परिणाम भने अहिले नै नआउने सबै गाउँपालिकाका शिक्षा शाँखा प्रमुखहरुको भनाई छ । –––कालीबहादुर थापा