असाढ १२ हुम्ला ः हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नम्बर ३ फडेरा गाउँ घर भएका धिरेन्द्र भियाल हेल्थ असिस्टेन्ट (एच ए) सकेर जागिर नपाएपछि विदेश जाने तयारी गर्दै थिए । उनि यहि अषाढ ८ गते साँझ उनि ठुलो दुर्घटनामा मात्रै परेनन् कि उनि यो संसारमा नै रहेनन् ।
उनि साँझ अबेर तिर किन र कहाँ जाँन निस्केका हुँन् कसैलाई पनि थाहा छैन किनकी उनि काठमाडौँको थानकोटमा कोठा लिएर एक्लै बसी रहेका थिए । गरिब घर परिवार भएकाले उनकि दिदि रिता भियाल खाडी मुलुकमा गएकी छन् उनका बुवा मुन्जीते भियाल गाउँमै बसेर ज्यालादारी काम गर्दै घरको एक मात्र छोरा धिरेन्द्र भियाललाई एस ई ई सकि सकेपश्चात काठमाडौँको सहिद स्मारक जनशक्ति कलेज (मिस्ट) कलेजमा एच ए मा दुख सुख गरी रिण जोहो गरी पढाउन पठाए । छोराले पास पनि गर्यो तर करारमा समेत जागिर नपाएपछि निकै धेरै नै रिण लागेको महसुस गरी उनि विदेश जाने तयारीमा लागे ।
उनि लोक सेवाको तयारी गर्दा तत्काल रिण तिर्न नसक्ने देखेपछि घरपरिवार र खाडी मुलुकमा रहेकी दिदिलाई खबर गरेर म बुवाआमाले निकालेको रिण तिर्नकै लागि भएपनि विदेश जाने निर्णय लिएको करिब ६ महिना अघि दिएको बुवा मन्जीते भियालको भनाई छ । तर कुन देश जाने भन्ने कुरा भनेका थिएनन् तर पनि उनको पहिलो प्राथामिकता घरको रिण तिर्नु थियो ।
उनि त्यही चक्करमा थिए कि कसरी बिदेश जाने, पैसा कमाउने अनि ति बुवाले निकालेको रिण तिरेर आफु थप प्रगति गर्ने । को साथी हुँन् त्यो पनि थाहा भएन तर उनि यहि अषाढ ८ गते साँझ करिब सवा ८ बजेतिर हुँन सक्छ कोठाबाट निस्के तर उनले बोलाएको साथी को हुँन् भेट्न सकेनन् वा अन्य कुनै कामले निस्केका हुँन् कुनै जानकारी नभएको परिवारको भनाई छ ।
उनि कोठाबाट निस्केको केही समयमै अर्थात ८ बजेर कलंकी चोकको प्रहरी बृत नजिकै ढुंगेअड्डामा एक आपसमा दुई बाईक ठोक्किएकै अवस्थामा ना.६ ख ८६७४ नम्बरको ट्रक (चालक मकवानपुर हेटौडाका आनन्द बि.क) ले उनको मोटरसाईकलमा ठक्कर मात्रै दिएन कि उनलाई किचेर घटनास्थलमै मारिदियो । थिरेन्द्रले बा.प्र.०२–०४९ प ४९५७ नम्बरको मोटरबाइक र उनिसँग ठोक्कीएको बा.६३ प २०७७ थियो उनिहरु एक आपसमा ठोक्कीए तर धिरेन्द्रलाई ट्रकले किच्यो उनि मरे अर्को बाईक चालक घाईते भए । घाइते भएकालाई अहिले शहिद मेमोरिएल कलेज कलंकीमा उपचार भएरहेको छ ।
तत्काल हुम्लाका त्यहाँको कोही भएन् उनलाई प्रहरीले समात्यो, लासलाई टिचिङ हस्पिटलमा लिएर राख्यो अनिमात्र हुम्ला भएका बुवालाई थाहा भयो कि छोरा दुर्घटनामा पर्यो ।
आमा सुगानि भियाल र बुवा मन्जीते भियालका २२ वर्षिया धिरेन्द्र घरको एक मात्र छोरा थिए । छोरीहरु तिन जना छन् । घरको एको एकमात्र छोरा भएकाले उनलाई दुर्घटनामा परेको छ तर मृत्यु भएको छैन तत्काल आउनु भन्ने मात्रै खबर गयो । उनले सयौँ पटक फोन गरे तर उनको फोन उठाउने चेत गैसकेको थियो बुवा आमालाई तत्काल मरिसकेका रहेछन् भन्दा कहिले उनि पनि बेहोस हुँन सक्छन् भन्ने हिसाबले मात्र उनलाई मरेको छैन तर निकै गारो छ भनिएको थियो ।
वुवा मुन्जीते भियालले विरामी भन्ने मात्रै खबर थियो तर गाउँका धेरैलाई खबर भैसकेको थियो कि उनि मरि सकेका छन् । त्यसैले पनि गाउँका सबै मानिसहरु घरमा गएर सान्त्वना दिदा उनलाई थाहा भैसकेको थियो कि छोरा मरिसकेको छ । तर पनि मरेको छैन भन्नेमा सबैले कन्भीन्स् गर्दै रात वित्यो बुवाआमाको रातभर रोएरै रात वित्यो भने गाउँका नागरिकहरुको सान्त्वना दिदै ।
अनि बिहान चार बजेको समय थियो उनलाई गाउँकै पुर्व गाउँपालिकाका अध्यक्ष दल फडेराले अहिलेका गाउँपालिकाका अध्यक्षसँग कुरा गरेर गाउँपालिकाको एम्बुलेन्सको कुरा गर्नु भएको रहेछ । घरकै अगाडि कच्ची सडक छ त्यही एम्बुलेन्स आयो अन्य गाडि नभएकाले त्यही एम्बुलेन्समा बुवाआमालाई तल काठमाडौ लिने तयारी गरिएको रहेछ र उनि त्यही एम्बुलेन्स भएर बाजुराको कोल्टी गए कोल्टीबाट हवाईजहाजमा नेपालगञ्ज र नेपालगञ्जबाट उनि सिधै छोरा भेट्न काठमाडौँ टिचिङ हस्पिटल पुगे । त्यहाँ पुग्दा त हुम्लीहरु अलि धेरै देख्दा भक्कनो फुट्यो, अघिल्लो रातीबाट निरन्तर आँसु बगाएका भियालले त्यहाँ पनि थाम्न सकेनन् र उनि एक छिन बेहोस नै भए । आमाको कुरा त भनि सक्नु छैन । किनकी उनले जिउदो थिएनन् कि घटनास्थलमै मृत्यु भैसकेको थियो । त्यहाँत उनले रगतले लत्पतिएको लास हेर्नपनि सकेनन् र बेहोस नै भए । त्यहाँ भएका सबैले हुम्लीबासीहरुले सम्हाल्ने कोसीस गरे र उनलाई कोठामा ल्याएर राखे ।
पछिल्लो दिन उनि बेहोसमै थिए । तरपनि छोरालाई किन र कसरी मारियो ? यो नियोजित घटना हो भन्ने बुवाको भनाई छ दुर्घटनामा त दुई बाईक परेका हुन् त्यमा मेरो छोरालाई ट्रकले नियोजित ढङ्गले मारिएको हो भन्दै उनले काठमाडौको थानकोट प्रहरी बृतमा जजाहेरी पेस गरे तर पाँच दिन बिति सक्दापनि कुनै केही अनुशन्धान नहुँदा उनि सकसमा परेका छन् ।
सारा धन सकियो, उमेर सकियो अत्तीममा छोरा पनि सकियो त्यसैमा न्याय पनि सकियो भने उनि अहिले मर्नु र बाँच्नुको दोद्धारमा छन् । घरमा खान नपुग्ने, अर्काको काम गरेर आफु खाने त्यही बचाएर छोरालाई पढाएका भियालको भएको एक छोरा पनि गुमाएपनि उनलाई घरमा जानै समस्या भएको छ । यस अघि त छोरा पढ्दैछ जागिर खाला तिर्ला भन्ने एउटा आशा थियो तर त्यो आशापनि मरि सकेपछि घरजाँदाको केहि महिनामै साहुहरु घरमा आउँछन् होला र उनलाई के भन्ने होला भन्ने चिन्ता उनलाई छ ।
उनि अहिले छोराको लास हेर्दै रुदै बस्न थालेका छन् किनकी के कसरी यस किसिमको घटना भएको हो यसको कुनै जानकारी छैन, लास टिचिङ्मा सडेको छ, अन्तिममा यसको कुनै सत्य तथ्य छानविन भएन भने हस्पिटलको चार्ज कसले तिर्ने होला भन्ने चिन्ता एका तिर छ भने मुख्यचिन्ता घर कसरी जाने भन्ने छ ।
निरन्तर रुपमा यस घटनाको छानविन गर्न दबाद दिएपनि कोही कसैले सुनवाई नगरेको घरपरिवारको भनाई छ , हुँन पनि ५।६ दिन सम्म मरेको लास अस्पतालमा कुरी रहेका छन् यसमा कोही कसैको चासो र चिन्ता नभएको र हामीहरु जस्ता गरिब, दिन दुखीको कोही कसैले नहेर्ने बुवा मन्जीते भियालको छ ।
सामाजिक सञ्जालमा सर्बत्र रुपमा न्याए नपाएको भन्दै गुनासो र विरोध भैरहेको छ । यदी पिडित नागरी सहरतिरको भए, सडक बन्द गरिन्थ्यो होला, टाएर बाल्थ्यिो होला तर हुम्ला जस्तो दुर्गम क्षेत्रका गरिबहरुको लागि शहर, सडक र सदनमा बोल्ने कोही नभए पछि छोराको न्याए नपाउने र उल्टै आफुले दुख पाउने होकी भन्ने भन्ने चिन्ता पनि बढ्न थालेको छ ।
हुम्लामा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या त्यति धेरै छैन, तर यस किसमका गरिब, दलित युवा विद्यार्थी दुर्घघटनामा परि ज्यान गुमाएको यो सायदै पहिलो घटना हो । अहिले सम्म हुम्लाबाट निर्वाचित कुनैपनि संसदले सदनमा कुरा उठाएको सुनिदैन, पहल कदमीको प्रयास गरेको पनि देखिदैन ।
यतिबेला सांसदहरुको ध्यान सायद योजना, कमिसन तिरै हुँन सक्छ भन्ने अनुमान धेरैको छ । किनकी बजेट ल्याउने, योजनाहरु बाँड्ने समय भएको छ । त्यति मात्र होई उनि मृत्यु नभई कुनै पाटी प्रबेश गरेको भए निकै ठुलो समाचार मात्र होई उनि भाईरल बन्थे होला । सबै पाटीका नेताहरुले टिका,खादा र मालाको तयारी गर्थे होला तर धिरेन्द्रले पाटी प्रवेश गरेका थिएनन् कि संसारै त्याग गरेका छन् । त्यसैले पनि कोही नेताहरु खादा माला गर्न आएका छैनन् । यति मात्र होईन आज कसैले पाटी प्रवेश गरेको भए आज फेसबुक रंगिएको हुँन्थ्यो होला उस्तै पावरमा भएको नेता भएको भएत संसदमा हंगा नै मच्थ्यो होला । आज त्यो भएन कि नेताहरु गुमनाम भए, उनको बारेमा बोल्ने कोही देखीएन । धिरेन्द्रकाे मृत्यु रहर थिएन, बाध्यता पनि थिएन, उनको भाग्यको खेल हो या नियोजित ढंगले कसैले प्रहार गरिएको हो । सो को सत्य र वास्तविक कुरा बुझ्न बाँकी छ ।
कोही कसैले यसको सुनुवाई र पहल नगर्दा उनका आफन्त र केही नागरिकहरुले भोलि काठमाडौँको थानकोट चेकपोष्टबाट आन्दोलन गर्ने भएका छन् । उनिहरुका अनुसार पिडितले न्याय नपाउँन्जेल सम्म र घटनाको सत्य तथ्य छानविन नहुँन्जेल सम्म आन्दोलन निरन्तर जारी राख्ने बताएका छन् । बुवाआमाको चिन्ता एक मात्रै छ घटना कसरी भयो, ५।६ दिन सम्म न लास जल्यो, न सास आयो नत कुनै निकास । थपियो त रिण,चिन्ता,आत्मबल । –––कालीबहादुर थापा