असाढ १५ हुम्ला । हिमाली जिल्ला हुम्लाबाट साधारण तर्फ ५१ दशमलब १२ प्रतिशत र प्राविधिक तफ ५१ दशमलब १७ प्रतिशत विद्यार्थी मात्रै उत्तिण भएका छन् । साधारण तर्फ ८ स४७ विद्यार्थी परिक्षामा सहभागी भएकोमा जम्मा ४ सय ३३ विद्यार्थीले मात्र जिपिए प्राप्त गर्न सकेका छन् । यता प्राविधिक तर्फ ८९ विद्यार्थी सहभागि भएकोमा ५० जनाले मात्र जिपिए प्राप्त गर्न सकेका हुँन् ।
जम्मा ९ सय ३६ विद्यार्थी परिक्षामा सहभागी भएको मा ४ सय ८३ जना मात्र जिपिए ल्याउन सफल भए पश्चात हुम्लाबाट जम्मा ५१ दशमलब ६० प्रतिशत विद्यार्थी मात्र पास भएको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख योगेश आले मगरले बताउनु भयो ।
जिल्लामा आठ विद्यार्थी उत्कृष्ट ।
हुम्लामा चार जिपिए ल्याउन नसकेपनि ८ विद्यार्थी भने उत्कृष्टको सुचिमा परेका छन् । ज्ञानोदय माध्यामिक विद्यालयबाट परिक्षा दिएका कमल महतारा ३ दशमलब ९५ जिपिए ल्याएर जिल्लाकै उत्कृष्ट सुचीमा परेका छन् ।
यस्तै सरस्वती मा बी जैर बाट परिक्षा दिएकी सर्केगाड गाउँपालिका ४ साँयाकी प्रिन्सा रावल ३ दशमलब ९२ जिपिए ल्याएर जिल्लाकै दोस्रो भएकी छन् भने सुयोद्यय माध्यामिक विद्यालयबाट परिक्षा दिएका अनन्त बुढा, कोट माबी रोडिकोटबाट परिक्षा दिएका समरजंग शाही र ज्ञानोदय माध्यामिक विद्यालयबाट परिक्षा दिएका नरेन्द्र महताराले पनि ३ दशमलब ८७ जिपिए ल्याएर जिल्लाकै तेस्रो जिपिए ल्याउनेमा परेका छन् ।
यता प्राविधिक तर्फका चन्द्र प्रकास माध्यामिक विद्यालयबाट परिक्षा दिएका ३ दशमलब ५१ जिपिए ल्याएर बन्दना देबकोटा पनि जिल्लाकै उत्कृष्ट सुचिमा परेकी छन् यस्तै मानसरवर नमुना माविका प्रगाति बुढाथोकी ३ दशमलब ५० र महाबौध मावि याल्वाङकी डोल्कार लामु लामाले ३ दशमलब ४९ अंक ल्याएर जिल्लाको उत्कृष्ट सुचिमा पर्न सफल भएकी छन् ।
चार विद्यालय निल हुन जोगिए ।
२७ वटा माध्यामिक विद्यालयले २०८१ सालको माध्यामिक शिक्षा परीक्षा एसईईमा सहभागीता जनाएका मध्ये चारवटा विद्यालय एसईईको नतिजापछि निल हुनबाट जोखिएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमिले शुक्रबार साँझ एसईईको नतिजा प्रकाशन गरेसँगै हुम्लाको खार्पुनाथ गाउँपालिका–३ हुम्ला माध्यामिक विद्यालय राया, सिमकोट गाउँपालिका–२ रामदेब माध्यामिक, सोही पालिकाको वडा–३ रलिङ्ग मावि बरगाउँ, वडा–८ सैपाल मावि स्याडा लिन हुनबाट जोगिएका छन् ।
हुम्लाका यी चारवटा सामुदायिक विद्यालयबाट एक–एक जना गरी चार विद्यालयबाट चार विद्यार्थी मात्रै उतिर्ण भएका हुन् । जसमा हुम्ला मावि रायामा दश जना विद्यार्थी मध्ये एक उतिर्ण, रामदेव माविमा २६ मध्ये एक जना, रलिङ्ग माविमा १३ जना मध्ये एक र सैपाल माविमा दश जना मध्ये एक जना विद्यार्थी मात्रै उतिर्ण छन् । जिल्ला सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाभित्र रहेका तीनवटा विद्यालय नील हुनबाट जोगिएका छन् । रामदेव, रलिङ्ग, र सैपाल माध्यामिक विद्यालयको नतिजा अवस्था दयनीय रहेको छ । सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएको भन्दै वैशाख ३० गते कर्णाली प्रदेशको उत्कृट पालिका बनेको थियो ।
कुन विद्यालयबाट कति उत्तिर्ण ।
हुम्लामा २७ वटा माध्यामिक विद्यालयहरुमा सात वटा परिक्षा केन्द्र गरेर परिक्षा दिएका थिए । नियमित र ग्रेड वृद्धि गरी सिमकोट गाउँपालिकाका बालमन्दिर मावि परिक्षा केन्द्रमा १ सय ९५ जना, मानसरोवर नमुना माध्यामिक विद्यालयमा २ सय ६ जना, सर्केगाडको हिमज्योति माविमा २ सय ७ जना, कोट माविमा ७० जना विद्यार्थी सहभागि भएका थिए । यस्तै अदानचुलीको सुर्योदय मावि परिक्षा केन्द्रमा १ सय ३२ जना, ताँजाकोटको मदनादेब मावि परिक्षा केन्द्रमा २ सय ६ जना र खार्पुनाथमा सिता माध्यामिक विद्यालय परिक्षा केन्द्रमा८८ जना सहभागि भई परिक्षा दिएका थिए भने यसमा १४ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय ईकाई हुम्लाको तथ्याङक छ ।
अदानचुली गाउँपालिका
अदानचुली गाउँपालिकामा चार वटा माध्यामिक विद्यालय रहेका छन् । चार वटा माध्यामिक विद्यालयहरु मध्ये सुर्योदय माध्यामिक विद्यालयमा ९१ जना परिक्षामा सहभगि भएकोमा २९ जनाले मात्र जिपिए (उत्तिण) प्राप्त गरेपछि ६२ जना नन्ग्रेड (अनुत्तिण)मा परेका छन् । ज्ञानोदय माध्यामिक विद्यालयबाट ४८ विद्यार्थीहरु सहभागि भएकोमा २७ जना उत्तिर्ण र २१ जना अनुत्तिर्ण भएका छन् । सल्लाघारी माध्यामिक विद्यालयबाट २२ जना विद्यार्थी सहभागि भएकोमा ९ जना मात्र उत्तिर्ण भएकोमा १३ जना अनुत्तिर्ण भएका र कैलाशपुरी माध्यामिक विद्यालयबाट २९ जनामा १३ जना मात्र उत्तिर्ण भएका छन् भने १६ जना अनुत्तिर्ण भएका छन् ।
यस गाउँपालिकाका चार वटा विद्यालयबाट जम्मा १ सय ९० जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा जम्मा ७८ जना विद्यार्थीहरु जिपिए प्राप्त गरेका छन् भने जम्मा १ सय १२ जना अनुत्तिर्ण भएका छन् । जम्मा ४१ दशमलब ५ प्रतिशत उत्तिर्ण भएका हुँन् ।
ताँजाकोट गाउँपालिका
ताजँकोट गाउँपालिकामा पनि ४ वटा माइामिक विद्यालयहरु रहेका छन् । चार वटा माध्यामिक विद्यालयहरु मध्ये मदनादेब माबीबाट १४ जना विद्यार्थीहरु सहभागि भएकोमा १३ जनाले जिपिए पाप्त गर्दै गर्दा जम्मा १ जना मात्र उनुत्तिर्ण भएका हुँन् । चन्द्रप्रकास माविमा साधारण र प्राविधिकधारको समेत अध्याापन हुँदै आएको छ । साधारण तर्फ १० जनामा ८ जना उत्तिर्ण भएका छन् भने प्राविधिक तर्फ ३४ जनामा १८ जना उत्ततिण भएका हुँन् यस विद्यालयमा जम्मा १८ जना विद्यार्थी अनुत्तिर्ण भएका छन् । गाउँपालिकाको केन्द्रमा रहेको धर्मोदय माध्यामिक विद्यालयबाट ४७ विद्यार्थी परिक्षामा सहभागि भएकामा १८ जनाले जिपिए प्राप्त गरे भने १८ जना अनुत्तिर्ण वा जिपिए प्राप्त गर्न सकेका छैनन् । अर्को जनप्रकाश माविबाट १७ जना परिक्षामा सहभागि भएकोमा जम्मा ६ जना मात्रै उत्तिर्ण भएका छन् भने १२ जना अनुत्तिर्ण भएका हुँन् ।
यस गाउँपालिकाका चार वटा विद्यालयबाट जम्मा ८८ जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा जम्मा ४४ जना विद्यार्थीहरु जिपिए प्राप्त गरेका छन् भने जम्मा ४४ जना अनुत्तिर्ण भएका छन् । जम्मा ५० प्रतिशत उत्तिर्ण भएका हुँन् ।
खार्पुनाथ गाउँपालिका
यस गाउँपालिकामा ५ वटा माध्यामिक विद्यालयहरु रहेका छन् ५ वटा माध्यामिक विद्यालयहरु मध्ये सिता नमुना माध्यामिक विद्यालयमा प्राविधिक धारको अध्याापन पनि हुँदै आएको छ । यस विद्यालयमा साधारण तर्फ २१ जना विद्यार्थीमा १० विद्यार्थीहरु उत्तिर्ण भएका छन् भने ११ जना अनुत्तिण भएका हुन् । यता प्राविधिक तर्फ १३ जनामा १२ जना विद्यार्थी उत्तिर्ण भएका छन् । यस्तै मान्धारा माध्यामिक विद्यालयबाट २५ जनामा १० जना विद्यार्थी उत्तिण हुँदै गर्दा १५ जना अनुत्तिर्ण भएका हुँन् ।
मालिका माध्यामिक विद्यालय लालि बाट २३ जनामा २ जना मात्र उत्तिण भएका छन् भने २१ जना अनुत्तिर्ण भएका हुन् । संकर मावि थालीबाट ९ जनामा २ जना विद्यार्थी मात्र उत्तिर्ण हुँदा ७ जना उनुत्तिर्ण भएका छन् । हुम्ला माध्यामिक विद्यालयबाट १० जनामा १ जना विद्यार्थी मात्र उत्तिर्ण हुँदा ९ जना अनुत्तिर्ण भएका हुँन् ।
यस गाउँपालिकाका पाँच वटा विद्यालयबाट जम्मा १ सय १ जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा जम्मा ३८ जना विद्यार्थीहरु जिपिए प्राप्त गरेका छन् भने जम्मा ६३ जना अनुत्तिर्ण भएका छन् । जम्मा ३७ दशमलब ६२ प्रतिशत उत्तिर्ण भएका हुँन् ।
सर्केगाड गाउँपालिका
सर्केगाड गाउँपालिकामा पनि ४ वटा माइामिक विद्यालयहरु रहेका छन् । चार वटा माध्यामिक विद्यालयहरु मध्ये लालिगुराँस मावि लिप्नेबाट ४२ जनामा ३४ जना विद्यार्थी उत्तिर्ण भएका छन् । यस विद्यालयबाट जम्मा ८ जना मात्रै नन्ग्रेड भएका हुँन् । गाउँपालिकाको केन्द्रमा रहेको हिमज्याती माध्यामिक विद्यालयबाट ६२ जना विद्यालय परिक्षामा सहभागि भएकोमा ६० जना उत्तिर्ण भएका छन् यस विद्यालयबाट जम्मा २ जना विद्यार्थी मात्रै उनुत्तिर्ण भएका हुँन् । कोट मावि रोडिकोटबाट ७७ जना विद्यार्थी सहभागि भएको ५७ जना उत्तिर्ण हुँदै गर्दा जम्मा २० जना विद्यार्थी अनुत्तिर्ण भएका छन् । अर्को सरस्वती माध्यामिक विद्यालय जैरबाट ३३ जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा २६ जना विद्यार्थी उत्तिर्ण हुँदै गर्दा ७ जना अनुत्तिर्ण भएका छन् ।
यस गाउँपालिकाका चार वटा विद्यालयबाट जम्मा २ सय १४ जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा जम्मा १ सय ७७ जना विद्यार्थीहरु जिपिए प्राप्त गरेका छन् भने जम्मा ३७ जना अनुत्तिर्ण भएका छन् । जम्मा ८२ दशमलब ७ प्रतिशत उत्तिर्ण भएका हुँन् ।
चंखेली गाउँपालिका
चंखेली गाउँपालिकामा पनि २ वटा मात्र माध्यामिक विद्यालयहरु रहेका छन् । यस गाउँपालिकामा परिक्षा केन्द्र नभएकाले यहाँका विद्यार्थी परिक्षा दिन सर्केगाडा गाउँपालिकामा भएका परिक्षा केन्द्रमा परिक्षा दिन आउने गर्दछन् । जसमा महादेब मावि दार्मबाट ३६ जना मा ३५ जना विद्यार्थी उत्तिर्ण भएका छन् भने अको हिमालय मावि मेल्छाम सतप्रतिशत उत्तिर्ण भएको छ । यसमा ८ जना परिक्षामा सहभागि भएकामा सबै उत्तिर्ण भएका छन् ।
चंखेली गाउँपालिकाका दुई वटा विद्यालयबाट जम्मा ४४ जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा ४३ जना विद्यार्थीहूले जिपिए प्राप्त गरेका छन् भने जम्मा एक जना मात्र अनुत्तिर्ण भएका छन् । जिल्लाकै उच्च प्रतिशत ल्याउन सफल गाउँपालिकाको जम्मा ९७ दशमलब ७२ प्रतिशत उत्तिर्ण भएका हुँन् ।
नाम्खा गाउँपालिका
भुगोलका हिसाबले अत्यन्तै ठुला गाउँपालिका नाम्खामा एक मात्र माध्यामिक विद्यालय रहेको छ । यस गाउँपालिकामा पनि परिक्षा केन्द्र छैन यहाँ विद्यार्थीहरु सिमकोटमा परिक्षा दिन आउँन् । यस गाउँपालिकामा रहेको एक मात्र माध्यामिक विद्यालय महावौद्ध माविबाट जम्मा ३८ जना विद्यार्थीमा २१ जना उत्तिर्ण हुँदा २१ जना अनुत्तिर्ण भएका छन् । जम्मा ५५ दशमलब २५ प्रतिशत उत्तिर्ण भएका हुँन् ।
सिमकोट गाउँपालिका
जिल्ला सदरमुकाम सिमकोटमा सात वटा माध्यामिक विद्यालयहरु रहेका छन् सात वटा माध्यामिक विद्यालय मध्ये ति वटा माध्यामिक विद्यालयहरुमा १।१ जना मात्र विद्यार्थी उत्तिर्ण भएका छन् । सैपाल मावि स्याडाबाट १० जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा १,रलिङ् मावि बरगाउँबाट १३ जना विद्यार्थीमा १ जना र रामदेब मावि ठेहेबाट २६ जना विद्यार्थीहरु मध्ये जम्मा १ जना उत्तिर्ण हुँदा अन्य सबै विद्यार्थी अनुत्तिण भएका हुँन् ।
अन्य विद्यालय मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटमा साधारण र प्राविधि दुबै धारको अध्याापन हुँदै आएको छ । साधारण तर्फ ४३ जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा २१ जनाले जिपिए प्राप्त गरे भने ३० जना नन्ग्रेड भएका छन् प्राविधिक तर्फ ३० जनामा १३ जना उत्तिर्ण हुँदा १७ जना अनुत्तिर्ण भएका हुँन् । अर्को बालमन्दिर माध्यामिक विद्यालय सिमकोटबाट ४७ जना विद्यार्थीहरु मध्ये जम्मा २१ जना उत्तिर्ण हुँदा २६ जना विद्यार्थी अनुत्तिर्ण भएका हुँन् ।
कर्णाली मावि चौगानफयाबाट ३१ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए जसमा जम्मा ४ जना विद्यार्थी मात्र उत्तिर्ण हुँदा २७ जना उनुत्तिर्ण भएका हुँन् । अर्को कैलाश मावि डाँडाफयाबाट २५ जना विद्यार्थी सहभागि भएका थिए जसमा जम्मा २ जना विद्यार्थीले जिपिए प्राप्त गर्दा जम्मा २३ जना नन्ग्रेड भएका हुँन् ।
यस गाउँपालिकाका सात वटा विद्यालयबाट जम्मा २ सय २५ जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा जम्मा ६४ जना विद्यार्थीहरु जिपिए प्राप्त गरेका छन् भने जम्मा १ सय ६१ अनुत्तिर्ण भएका छन् । जम्मा २८ दशमलब ४४ प्रतिशत उत्तिर्ण भएका हुँन् ।
एसइईको पुरक परीक्षा साउन २९ देखि हुँने ः हुम्लाबाट ६ सय ४६ जना सहभागि हुँने ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नन ग्रेडेड (अनुतीर्ण) भएका विद्यार्थीहरूले साउन २९ गतेदेखि पुरक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले शुक्रबार एसइईको नतिजा प्रकाशित गरेको हो । २०८१ सालको चैतमा सञ्चालन भएको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उतीर्ण) भएको बोर्डले जनाएको छ । तर हुम्लामा भएका ५१ दशमलब ६० प्रशित विद्यार्थी मात्रै उत्तिण भएका छन् भने हुम्लाबाट ६ सय ४६ जना सहभागि हुँने भएका छन् ।
उत्कृष्ट नतिजा ल्याउने अधिकांस संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी ।
उत्कृष्ट नतिजा ल्याउने अधिकांस संस्थागत विद्यालयमा अध्ययन गरी कक्षा ९ मा हुम्लाका सामुदायिक विद्यालयमा भर्ना गरी एस इ इ मा सहभागि भएका हुँन् । यस शैक्षिक शत्रमा मात्र नभई हरेक शैक्षिक शत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्याथीहरु काठमाडौमा रहेका बोर्डिङ् स्कुलमा अध्ययन गर्दै हुम्लाका विद्यालयहमा भर्ना मात्र गरी कक्षा ९ को परिक्षामा सहभागि भई अध्ययन भने काठमाडौकै विद्यालयमा अध्ययन गरीरहेका विद्यार्थीहरु रहेको विद्यालयका शिक्षकहरुको भनाई छ ।
यस वर्ष उत्कृष्ट नतिजा लयाउने विद्याथी पनि अधिकांस संस्थागत विद्यालयमा अध्ययन गरी रहेका र हुम्लाका विद्यालयहरुमा भर्ना गरी परिक्षा दिन आएका विद्यार्थीहरुले मात्र उत्कृष्ट नतिजा ल्याएको भन्दै विद्यालयका प्रधानाध्यापकहरुलाई गुनासो गर्दै आएका छन् । –––कालीबहादुर थापा