पछिल्लो समय ऐतीहासीक क्षेत्रको संरक्षणलाई भन्दा पनि आफु र आफ्नालाई भरणपोषण गर्ननै समय बिताउने बिलासी नेताहरु धेरै छन् । साँस्कृतिक सम्पदाहरुको संरक्षण गरी आम्दानीका स्रोतहरु बढाउने तिर केन्द्रीत हुँने नेताहरु समाज र हाम्रो देशमा कमै मात्रामा भेटीन्छन् ।
विकसीत देशहरुमा एउटा सानो ढुंगा भेटीयो भने त्यसलाई संरक्षण गरेर बिदेशीहरु भित्र्याउने विभिन्न रणनितिहरु उपनाउँछन् तर हाम्रो देश नेपालमा ति इतिहासमा गरिएका विभिन्न धार्मिक तथा साँस्कृतिक सम्पदालाई ध्वस्त पारेर नयाँ निमार्ण गर्ने भन्ने बाहाना बनाउँछन् र ध्वस्त पार्छन् । फेरी तिनिहरुको नयाँ निर्माण गर्ने भन्दै बिभिन्न निकायमा हार गुहार गरी बजेट ल्याउने तर त्यो बजेटले बिकास होइन आफ्नो ब्यक्तित बिकास गर्ने गरीरहेको हामी जो कोहीले देख्ने गर्दछौ तर यसको यथार्थ प्रमाण भने पाउन कठिन छ किनकी कागजातहरु मिलाइ सकेका हुँन्छन् ।
हुम्ला जस्तो दुगम क्षेत्रमा पनि बिभिन्न थार्मिक,एतिहासीक तथा पर्यटकीय स्थलहरु छन् तर नेता र नेतृत्वको नजरमा ओझेलमा परेका छन् । जहाँ यस्ता स्थलहरु हाम्रा सम्पदा मात्र हैन भावी पुस्ताका आर्थिक उपार्जनका क्षेत्र हुँन् भन्ने बुझेका छन् त्यहाँका सामान्य ठाउँहरु पनि आन्तरीक तथा बाह्य पर्यटकहरु घुम्न लायक बनाइ सकेका छन् जस्तै बाजुराको पादुका,हुम्लाको खार्पुनाथ ज्वलन्त उदाहरण हुँन् ।
हामी सम्झदा हुम्लाको खार्पु दोभान अहिलेको जस्तो थिएन जहाँ हामीहरु हिड्दै जाँदा बास बस्ने वडार थियो अहिले सोही गाउँपालिकाका नागरिक नेपालिका काँग्रेशका नेता सरकारका पर्यटन मन्त्री भैरहँदा खार्पु दोभान अहिले खार्पुनाथले प्रशिद्ध छ । उता खाजुराको पादुका पनि त्यस्तै अबस्थामा थियो यहाँका ७।८ वर्ष अगाडि ठाउँडोमा एउटा पपिलको रुख बाहेक अरु केही पनि थिएन अहिले आएर पादुका भयो । त्यो उराठ लाग्दो डाँडोलाई पादुका बनाउन पनि त्यहाँका स्थानीय नेताहरुको त्यतीकै भुमिका छ ।
पहिले त्यो डाँडाको कुनै महत्व थएिन सो ठाउँ भएर शिवको बासस्थान कैलाश पर्बत जाने बाटो छ त्यो डाँडामा त्यो डाँडामा प्राबतीको पाउ परेकाले पादुका भनिएको हो भनेर अर्था सतिदेबीको पाउ खसेकोले पनि पादुका भनिएको हो भन्ने गरिन्छ अहिले त्यस किसिमका संरचनाहरु बनाइ सके पछि प्रचार प्रसार गर्न थालीयो र आन्तरीक तथा बाह्य पर्यटकहरुको आगमन हुँन थालेका छन् । तर हाम्रो हुम्ला तल्लो क्षेत्रमा रहेका दौमुख,देवल जस्ता ऐतिहासीक पृष्ठभुमी भएका ठाउँहरु ओझेलमा मात्र परेका छैन बिस्तारै त्यहाँ राखीएका सिला लेखहरु,त्यहाँ कुँदिएका अक्षरहरु मेटीदै गएको अबस्था छ ।
यता अदानचुली गाउँपालिका वडा नम्बर १ को दौमुख ,मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ३ को जुस्ना र धैनको दोभान पनि ऐतिहासीक पृष्ठभुमी बोकेको ठाउँ हो तर त्यसलाई बिकास गर्न नसक्दा ओझेलमा छ । दौमुखमा पनि मानिसले बोक्न कल्पना पनि गर्न नसकिने ढुंगाहरु काटेर ठाकुर ज्युको मठ बनाइएका छन् तिनिहरु कुनै बिकसीद राष्ट्र«ा भएको भए हामीलाई त्यो हेनौ लाखौको खर्च गरेर जानु पथ्र्यो तर हाम्रै अगाडी छन् त्यसलाई बिकास र प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् । खासगरी नेतृत्वले यस्ता कुरालाई सोच्न नसकैकै देखीन्छ ।
यता हुम्लाकै सर्केगाड १ को तुम्च छत्यालवाडामा पनि देवल भन्ने ठाउँ ओझेलमा परेको छ । उक्त देवलको स्थापना कहिले र किन भएको हो भन्ने कसैलाई पनि थाहा छैन तर पनि झट्ट हेर्दा त्यो ठाउँ ऐतिहाँसीक छ । त्यहाँ पनि ठुल्ठुला ढुंगाहरु कुक्देर लेखीएका अक्षरहरु छन् ति ठुल्ठुला ढुंगाहरु काटेर देबल निमार्ण गरीएको छ ।
यसलाई कसले किन बनाइएको हो भन्ने खासै यथेस्ट प्रमाणहरु छैनन् तर पनि त्यहाँका स्थानीय,यस अघि त्येस क्षेत्र राज गर्दै आएका हेलु मल्लका छोरा अहिले सर्केगाड गाउँपालिका वडा नम्बर १ का वडा सदस्य उब्जन मल्ल भने आफुलाई था नभएको तर आफ्ना बुवाले भने अनुसार देवल कसरी बनेको भन्ने दुई तीन थरिको भनाइ रहेको छ । कसैको भनाइ अनुसार कौरब र पाण्डबको लडाइ हँुदाखेरि आफ्नो इलाका छुट्याउन बनाइएको थियो रे भन्ने एउटा किम्बदन्ति रहेको छ भने अर्को मल्ल राजाको पालामा उनको सुपकार हुँदाखेरि भान्सा पसेर भात खाने ठाउमा मुङ्ग्रा बनाएका थिए भने बास बसेको ठाउ देवल बनायका थिए भन्ने सुपकारमा अहिले पनि त्यो कुरा उल्लेख छ भन्नु हुँन्थ्यो तर मलाई त्यो कुरा मलाई जानकारी नभएको मल्लको भनाइ छ ।
उनले भने बुवा भन्नु हुँन्थ्यो त्यस पश्चात कालिकोट जिल्लाका नरहरिनाथ भन्ने भगवानको जस्तो एक सत्य लुकेका मान्छे यस ठाउँमा आएका थिए । उनी आएर उक्त देवलमा लेखीएका अक्षरहरुको उच्चारण गरेको भन्ने भनाइ छ अक्षरहरु सँस्कृत भाषामा भएकाले जो कोहीले उच्चारण गर्न सक्दैनन् । ति अक्षरहरु अहिले पनि उस्तै छन् तर भत्किएर बनाउने क्रममा छोपिएका छन । योगी नरहरीनाथले ति लेखीएका अक्षरहरु उच्चारण गर्दै भनेका थिए रे यहाँत पाँच वटा देवल हुनुपर्नेमा तीन वटा मात्र छन् दुई वटा कहाँ हराए भन्दै त्यहाँ स्थानीयलाई सोधेका थिए रे । त्यस पछि त्यहाँका स्थानीयसँगै योगी नरहरीनाथले खोज्दै जाँदा देबलबाट करिब एक किलोमिटर टाढा कन्याउरी जहाँ अप्रत्यसित ढंगबाट पानी निस्कीएको छ, जता ततै उराठ लाग्दो मरुभुमी जस्तो ठाउँ छ त्यही ठाउँमा मात्र पानी निस्कीएको छ त्यही ठाउँमा बनाइएका रहेछन् ।
बि.स.१९९० सालको भुकम्पमा ति देबलहरु जमिनमुनि छिरेका थिए । उक्त कुरा पछिल्लो समय पुष्टि हुँदै गएको वडा सदस्य मल्ल बताउँछन् ।
कन्याउरी कटकुना भन्ने ठाउँमा यतीबेला घर खेत बनाउने क्रममा केही देवलका ढुङ्गा भेटिने गरेका छन् एक ढु्ङ्गा उक्त पानी धाराको माथि राखिएको छ भने एउटा त्यहि नजिकको खेतको आलिमा राखिएको छ र दुई वटा देवलकै ढुङ्गा तुम्चको तलतडि ल्याइएको मल्लको भनाइ छ ।
मल्लका अनुसार देवल नजिक एउटा ठुलो काँकडीको रुख रहेको थियो सो रुख २०६७ सालमा ढल्यो रुख ढलेसँगै रुखले एउटा देवल पनि भत्कायो र बाँकी रहेका दुइवटा देवल भत्कीने अवस्थामा छन् ।
यस किसिमका धार्मिक साँस्कृतिक तथा पुरातात्वीक सम्पदालाई संरक्षण संबर्धन गर्न कोही कसैको पनि ध्यान जान सकेको छैन । पछिल्लो समय हरेक निर्वाचनमा ठुल्ठुला बाचा र प्रतिबद्धता गर्ने गर्दछन् तर ति बाचाहरु निर्वाचीत भैसके पश्चात भुलेर आफु यस भन्दा पछि निर्वाचीत हुँने सम्भावना कम छ सोचेर हो या अन्य कुनै राजनितिक कारणले आफुलाई भोट दिएको आधारमा आफु र आफ्ना कार्यकर्तालाई संरक्षण नगरी कुनै सुख छैन ।
हुम्ला सर्केगाड गाउपालिकाको मात्र नभई कर्णाली प्रदेश र हुम्ला लगायतका बिभिन्न ठाउँहरुमा रहेका यस्ता धार्मिक साँस्कृतिक तथा पुरातात्वीक सम्पदाहरु राज्य र नति निर्माताको नजरमा पर्न सक्दैनन् किन ? के यिनिहरु आर्थिक उपार्जनका आधारहरु हुँन सक्दैनन र ?
आज भन्दा करिब १३ वर्ष अगाडि पुरातात्वीक बिभागवाट हरेक वर्ष ५।५ लाखको दरले तिन वर्षमा ३ वटा देमलको म्रमत गर्नको लागि गोर्खाका दिपेन्द्र नामक मिस्त्रिलाई पुरातात्वीक बिभागवाट पठाएर बनाइएको थियो त्यस भन्दा पछि कोही कसैले पनि त्यसलाई धार्मिक साँस्कृतिक तथा पुरातात्वीक सम्पदाको रुपमा विकास गर्ने प्रस्ताव नगरेको त्यहाँका स्थानीयको भनाइ छ ।