प्रीय कर्णाली ! तिमि लामो भयौं,
तर कहिल्यै मोटो भएनौं,
किनकी,
तिमी सभ्यता, संस्कृती र भाषाकी जननी हौं,
तिम्रा विगत चुसेर लिने तामाम भए
तर आज बुझेर दिने कोही भएनन्
त्यसैले त,
तिम्रो ओजन घट्दो छ
तिम्रो कद चढ्दो छ
यानकी,
तिम्रो कलकल बग्ने निश्चलतामा
मानव सभ्यताको इतिहाँस छ
बाइसे चौबिसेको बिराज छ
आज पनि विभिन्न स्वरुपमा तिमिमाथि
लोकतन्त्रको नाकाबन्दी मात्र छैन्
प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन
जस्ता पोषणको सिन्डेकेट छ
लोक लय मिलाउ भने
प्रीय कर्णाली !
तिमीमा समावेशी नेपाल लक्षणको
घातक रोगले गाँजेको छ
चेक गराउँ, ल्याव छैन्
उपचार गराउँ, अस्पताल छैन्
कहन भरपर्दो अविभावक छैन्
अखबारमा रंगिएका गोरुमुते अक्षरले
नामाकरण गरेको तिम्रो पहिचान
अज्ञानता, अभाव र पछौटेपनमै ठिक्क छ
धेरै व्यवस्था फेरिए तर तिम्रो
आँगो सट भयो
जुगेलो प्यान्ट भयो
कोट ज्यकेट भएर आयो
घाग्रो पेटिकोटमा बदलीयो
समय बढ्दै गयो
तिम्रो कद घट्दै गयो
त्यसैले त लोकउक्ती तय भयो
‘लडो बाढी आयोः देउता छाडी आयो’
प्रीय कर्णाली !
१८४६ को एीककरण नामको प्रकोपले
हिउँदको दुल्लु र वर्षाको हल्जी हरेन
तिम्रा सन्ततीले दुःखले आज्र्याको
नाम, दाम, काम र इमानको तर्पण भयो
हरेक परिवर्तनको, बलिदान समपर्ण भयो
तरपनि
प्रीय कर्णाली !
लोकतन्त्र, गणतन्त्र.... जे तन्त्र आवस
काट्टोले छाक टार्नु
तिम्रो विवशता भनौ या बिडम्बना
न स्वतन्त्रता पायौं, न स्वनिर्णय
बस, तिमि असली, मर्यदा पालक भयौं
राज्यका अवसर अघि दर्शक बन्नु
तिम्रो जन्मसिद्ध बिल्ला हो
नेपालका गोर्खालीले फालेको अनुदान
तिम्रो आहार हो
सबैको बिकर्षण, तिम्रो अकर्षण हो
त्यसैले प तिमी
वौद्धिकता भएको भुद्धु
प्रमाण–पत्र भएको निराक्षर
ज्यान भएको ख्याउटे
क्षामता भएको अदक्ष
आज उप्रान्त प्रमाणीत छौ
त्यसैले म भन्दै छु
प्रीय कर्णाली !
तिमि लामो भयौं,
तर कहिल्यै मोटो भएनौं,
किनकी,
तिमी सभ्यता, संस्कृती र भाषाकी जननी हौं,
तिम्रा विगत चुसेर लिने तामाम भए
तर आज बुझेर दिने कोही भएनन्
बस,
तिम्रा विगत चुसेर लिने तामाम भए
तर आज बुझेर दिने कोही भएनन्
२० जेठ २०८